अमेरिकी सैनिकको ज्यान जाने गरी आक्रमण गर्न इरानलाई चीनले स्याटलाइट तस्बिर दिएको आरोप

इरानले जुलाईमा तीन अमेरिकी सैनिकको ज्यान जाने गरी जोर्डनमा आक्रमण गर्नु अघि चीनले इरानलाई निशाना लगाउन उच्च-गुणस्तरका स्याटलाइट तस्बिरहरू दिएको द वाल स्ट्रिट जर्नलले दाबी गरेको छ।

जोर्डनमा रहेको सैन्य बेसमा आक्रमण अघि चिनियाँ निकायबाट इरानले उच्च-गुणस्तरका स्याटलाइट तस्बिरहरू प्राप्त गरेको भनेर त्यसबारे जानकार अमेरिकी अधिकारीहरूले बताएका छन्।

जारी युद्धका क्रममा इरानलाई चीनले गरेको सहयोगले अमेरिकी सेनालाई मानवीय क्षति भएको यो अहिले सम्मको सबैभन्दा स्पष्ट प्रमाण भएको जर्नलले लेखेको छ।

इरानले आक्रमण अघि र पछि दुवै समयमा ती तस्बिरहरू प्राप्त गरेको थियो। ती अमेरिकी अधिकारीहरूले इरानलाई तस्बिर उपलब्ध गराउने चिनियाँ निकायहरूको नाम खुलाउन भने अस्वीकार गरेका छन्।  साथै यसमा चीन सरकारको प्रत्यक्ष संलग्नता रहेको आरोप पनि लगाएका छैनन्।

उच्च अमेरिकी अधिकारीहरूले जुलाई १७ को सो आक्रमणसँग जोडिएका स्याटलाइट तस्बिरको विषय आफ्ना चिनियाँ समकक्षीसामु उठाएका छन्। तर चिनियाँ पक्षले त्यसलाई अस्वीकार गर्दै प्रमाण माग गरेको अमेरिकी अधिकारीहरूले जर्नललाई बताए। चिनियाँ कम्पनीहरू यस्ता गतिविधिमा संलग्न रहेको कुरा चीनले बारम्बार अस्वीकार गर्दै आएको छ।

spot_img

Related articles

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...
advertisementspot_imgspot_img