नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC Season 5 को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर ‘कासिब मर्डोक’लाई पराजित गर्नु भएको छ।
कासिबले यो खेलमा अपारजित हुदै सेमिफाइनल सम्मको यात्रा तय गर्नु भएको थियो । तर कासिबको अपराजित यात्रालाई सेमिफाइनलमा नै रोक्न हाम्रो ‘बझाङको बाघ’ रबिन्द्र ढाँट सफल हुनुभएको छ ।
तीन राउनन्डको खेलमा ‘स्प्लिट डिसिजन’को आधारमा ढाँट २९–२८ को स्कोरमा विजयी घोषित हुनुभएको हो ।
रवीन्द्र फाइनल पुग्नुभएसँगै फाइट निकै कठिन भएको बताउनु भएको छ। नेपालमा दुखमा रहेको भन्नुहुदै “सबैले सकेसम्मको सहयोग गर्नुहोला, जय नेपाल। यो फाइट कठिन थियो,” उहाँले भन्नुभयो ।
रवीन्द्रले अब जापानका खेलाडी ‘रियो ताजिमा’सँग फाइनलमा भिड्नुहुनेछ । ताजिमाले पहिलो सेमिफाइनलमा भारतका ‘चुङग्रेन कोरेन’लाई पराजित गर्नु भएको थियो ।
यदि रवीन्द्रले फाइनल जित्न सके प्रतिष्ठित MMA संस्था UFC सँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनुहुनेछ।
spot_img

Related articles

नेपाली चलचित्रको द्धन्द पितामह गोपाल भुटानी

इलामको फिक्कलमा बि.सं. १९८४ साल भाद्र १६ गते जन्मनु...

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...
advertisementspot_imgspot_img