नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC Season 5 को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर ‘कासिब मर्डोक’लाई पराजित गर्नु भएको छ।
कासिबले यो खेलमा अपारजित हुदै सेमिफाइनल सम्मको यात्रा तय गर्नु भएको थियो । तर कासिबको अपराजित यात्रालाई सेमिफाइनलमा नै रोक्न हाम्रो ‘बझाङको बाघ’ रबिन्द्र ढाँट सफल हुनुभएको छ ।
तीन राउनन्डको खेलमा ‘स्प्लिट डिसिजन’को आधारमा ढाँट २९–२८ को स्कोरमा विजयी घोषित हुनुभएको हो ।
रवीन्द्र फाइनल पुग्नुभएसँगै फाइट निकै कठिन भएको बताउनु भएको छ। नेपालमा दुखमा रहेको भन्नुहुदै “सबैले सकेसम्मको सहयोग गर्नुहोला, जय नेपाल। यो फाइट कठिन थियो,” उहाँले भन्नुभयो ।
रवीन्द्रले अब जापानका खेलाडी ‘रियो ताजिमा’सँग फाइनलमा भिड्नुहुनेछ । ताजिमाले पहिलो सेमिफाइनलमा भारतका ‘चुङग्रेन कोरेन’लाई पराजित गर्नु भएको थियो ।
यदि रवीन्द्रले फाइनल जित्न सके प्रतिष्ठित MMA संस्था UFC सँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनुहुनेछ।
spot_img

Related articles

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img