देश ‘हिट एन्ड मिस’ शैलीमा होइन, दूरदृष्टिसहित चल्नुपर्छ’ : राजेश हमाल

महानायक राजेश हमालले देशको शासन प्रणाली दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिका आधारमा सञ्चालन हुनुपर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले देशलाई ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु बुद्धिमानी नहुने उल्लेख गरेका छन्।

उनले कुनै पनि राष्ट्रको भविष्य संयोगका भरमा नभई स्पष्ट दृष्टिकोण, तथ्यमा आधारित निर्णय र दीर्घकालीन योजनामार्फत निर्माण हुने बताए।

हमालका अनुसार आगामी ५, १० वा २० वर्षमा देश कहाँ पुग्ने भन्ने स्पष्ट योजना र यथार्थपरक पूर्वानुमानबिना केवल दैनिक समस्याको व्यवस्थापनमै सीमित हुँदा मुलुकको समग्र विकास प्रभावित हुन सक्छ।

spot_img

Related articles

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...
advertisementspot_imgspot_img