थारू समुदायको जीवन्त इतिहास बोल्ने खुला पाठशाला

दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा रहेको थारू सांस्कृतिक सङ्ग्रहालय केवल पुराना सामग्री थन्क्याइएको ठाउँ होइन, यो थारू समुदायको जीवन्त इतिहास बोल्ने खुला पाठशाला हो ।

थारू समुदायको कला, संस्कृति, रहनसहन, परम्परा र पहिचानलाई पुस्तौँसम्म जोगाइराख्ने उद्देश्यले स्थापना गरिएको यो सङ्ग्रहालय अहिले इतिहास संरक्षणको केन्द्र मात्र नभई लुम्बिनी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।  प्रदेश सरकारको लगानीमा स्थापना भएको सङ्ग्रहालयमा अहिले दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दो छ भने यसले आफ्नो आम्दानीबाट सरकारी लगानीसमेत फिर्ता गर्न थालेको छ ।

थारू समुदायको सांस्कृतिक सम्पदालाई भावी पुस्तासम्म सुरक्षित राख्ने उद्देश्यले सङ्ग्रहालयमा नेपालका थारु समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका भेषभूषा, गरगहना, घरायसी सामग्री, कृषि औजार तथा लोपोन्मुख सांस्कृतिक वस्तुहरू संरक्षण गरेर राखिएका छन् ।

 

spot_img

Related articles

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...
advertisementspot_imgspot_img