काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो खेलमा हार बेहोरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३-२  सेटमा हारबाट काभा महिला भलिबल च्याम्पियनसिपको सुरुआत गरेको हो । समूह ‘ए’ को खेलमा नेपालले पटकपटक चुनौती दिए पनि भारतलाई पार गर्न सकेन । यस समूहमा आयोजक नेपालसँगै भारत, किर्गिस्तान र माल्दिभ्स छन् । अब नेपालले समूहको दोस्रो खेल मे २३ तारिखमा हुनेछ ।

पहिलो सेट आफ्नो बनाउँदै नेपालले अग्रता लिएको थियो । पहिलो सेट नेपालको पक्षमा २५-२१ ले रह्यो । तर, दोस्रो र तेस्रो सेटमा नेपालले खराब डिफेन्स प्रस्तत गर्य‍ो । यसको फाइदा लिँदै खेलमा फर्कियो र लगातार दुई सेट पनि जित्यो । दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१९ ले आफ्नो बनाउँदै भारतले दबाब बनायो । सेटमा २-१ ले पछि परेसँगै घरेलुु समर्थक निरास भए । यद्यपि चौथो सेटमा नेपाली खेलाडी लयमा फर्किए । यो सेटमा डिफेन्स सुधार गर्दै नेपाली खेलाडीले जोशिलो प्रदर्शन गरे । यो सेट नेपाललाई २५-१९ ले आफ्नो बनाउँदै निर्णायक तथा पाँचौ सेटतर्फ धकेल्य‍ो । यससँगै खेल २-२ को सेटमा पुग्यो । तर, पाँचौ सेट निकै निराशाजनक रह्यो । भारतले यो सेटमा १५-९ ले आफ्नो बनाउँदै च्याम्पियनसिपमा सुखद सुरुवात गर्यो ।

काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु समर्थकको बलियो साथमा च्याम्पियन हुने लक्ष्य राखेको छ । यद्यपि डिफेन्डिङ च्याम्पियनसँगको हारपछि हारपछि नेपाललाई धक्का लागेको छ ।

नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा काठमाडौंमा शुक्रबारदेखि सुरु च्याम्पियनसिप जेठ १५ गतेसम्म हुनेछ । आठ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको च्याम्पियनसिपको नेपाली टोलीमा युवा र नयाँ खेलाडीको बाहुल्यता छ । नियमित कप्तान अरुणा शाही विदेश पलायन भएपछि उनको स्थानमा निरुता ठगुन्नाले नेपालीको नेतृत्व गर्दैछिन् । तर निरुताको प्रदर्शन राम्रो हुन सकेन । यस संस्करणमा श्रीलंका, बंगलादेश, किर्गिस्तान, भारत, इरान, कजाखकिस्तान र माल्दिभ्सले चुनौती प्रस्तुत गर्नेछन् । समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिन नै इरानले बंगलादेशलाई ३-० सोझो सेटमा हराउँदै सुखद सुरुवात गरेको छ ।

यस प्रतियोगितालाई लक्षित गर्दै भलिबल संघले २० खेलाडीलाई समेटेर बन्द प्रशिक्षण सुरु गरेको थियो । उक्त प्रशिक्षण गत चैत ५ गतेदेखि प्रशिक्षण सुरु भएको हो । यस च्याम्पियनसिप खेल्ने अन्तिम टोली १४ सदस्यीय छनोट भइसकेको छ । नेपालमा तेस्रो पटक हुँदै छ । नेपालले पाँच पटक सहभागिता छ । दुई पल्ट नेपाल च्याम्पियनसिप हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले यसपल्ट पनि च्याम्पियन हुने लक्ष्यसहित तयारी गरिएको बताएका छन् । नियमित कप्तानसँगै अनुभवी सेटर अरुणा शाही टोलीमा छैनन् । अरुणा नेपाली भलिबलमा फर्किने या नफर्किने भन्नेबारे अहिलेसम्म संघले र उनले पनि खुलाएकी छैनन् । उनको स्थानमा प्रगति नाथले सेटरको भूमिका निभाउनेछिन् । अरुणासँगै अर्का महŒवपूर्ण र अनुभवी खेलाडी पुनम चन्द पनि टोलीमा छैनन् । दुवै हाल अस्ट्रेलियामा छन् । नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्दै यस च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ ।

नवनियुक्त कप्तान निरुताले भारतविरुद्ध यसअघिको जस्तै जोशिलो प्रदर्शन गर्ने आशा व्यक्त गरेकी छिन् । नयाँ जिम्मेवारीले आफूमा कुनै दबाब नभएको उनको विश्वास छ । पहिलो दिन नै किर्गिस्तान र माल्दिभ्सबीच तथा इरान र बंगलादेशबीच प्रतिस्पर्धा हुने तालिका छ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको फाइनल खेल जेठ १५ गते आयोजना हुनेछ ।

spot_img

Related articles

श्रीलंकालाई पराजित गरेसंगै नेपाल सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा...

स्वस्तिमा खड्काको भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’को दुई सातामा पाँच करोड २५ लाख कमाइ…

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले...

मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको...

सुगर देखि दम रोगीका लागि अति उपयोगी दालचिनी

दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ र...
advertisementspot_imgspot_img