एआई र खोजमूलक पत्रकारिता अपरिहार्य : अध्यक्ष मगर

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले परम्परागत पत्रकारितामात्रको भरमा अबको प्रतिस्पर्धी मिडिया जगतमा टिकिरहन नसकिने बताउनुभएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अत्याधुनिक प्रविधिलाई आत्मसात गर्दै खोजमूलक पत्रकारितामा केन्द्रित हुनु आजको अनिवार्य आवश्यकता भएको उहाँको भनाइ छ। बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा धुलिखेलमा सम्पन्न दुई दिने ‘खोजमूलक पत्रकारिता तथा एआईको प्रयोग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रमको शनिबार समापन सत्रमा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।

“खोजमूलक पत्रकारितामार्फत एआई जस्ता प्रविधिलाई आत्मसात गर्दै पत्रकारितामा केन्द्रित हुनु आजको आवश्यकता हो,” उहाँभन्नुभयो, “पत्रकार महिलाहरूलाई प्रविधिमैत्री बनाउन र सामाजिक विकासका मुद्दा गहिराइबाट उठाउन यस कार्यक्रमले विशेष मद्दत पुग्नेछ।”

अध्यक्ष मगरले निजी तथा सामुदायिक सञ्चारमाध्यमले आमसञ्चारको ठुलो हिस्सा ओगटेको उल्लेख गर्दै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने परिपत्र सच्याएर सबै सञ्चारमाध्यमलाई समान रूपमा उपलब्ध गराउनुपर्ने माग गर्नुभयो। पत्रकार महासंघ बागमती प्रदेशको ध्यानाकर्षणपत्र बुझ्दै सञ्चारमन्त्रीले यस विषयमा गृहकार्य भइरहेको र साना तथा स्वरोजगारमुखी मिडियाको पक्षमा सरकार रहेको जानकारी दिएको उहाँले बताउनुभयो। साथै, विज्ञापन वितरणमा देखिएको विकृति अन्त्यका लागि बिचौलियामुक्त र निष्पक्ष प्रणाली अपनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारीले तालिममा आर्जित सीप व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्दै आगामी दिनमा यस्ता कार्यक्रम अझ परिष्कृत र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले सामाजिक सञ्जालको बढ्दो प्रभाव र महिला पत्रकारको पलायन रोक्न यस्ता सशक्तीकरण कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गनुभएयो।

दुई दिने प्रशिक्षणमा सरिता दाहालले महिला पत्रकारको सुरक्षा र लैंगिक समानता, नितु पण्डितले पत्रकार आचारसंहिता र फेक न्यूज तथा अजय शर्माले एआई प्रयोग गरी समाचार सामग्री निर्माणबारे प्रशिक्षण दिएका थियो। कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका २१ जना क्रियाशील महिला पत्रकारको सहभागिता रहेको थियो।

spot_img

Related articles

श्रीलंकालाई पराजित गरेसंगै नेपाल सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा...

काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो...

स्वस्तिमा खड्काको भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’को दुई सातामा पाँच करोड २५ लाख कमाइ…

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले...

मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको...
advertisementspot_imgspot_img