अन्नपूर्ण आधार शिविरमा सञ्चार–विद्युत् योजना सर्वेक्षणमै सीमित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सञ्चार र विद्युत् सुविधा विस्तार गर्ने योजना सर्वेक्षणमै सीमित भएको छ ।

गत माघमा नेपाल टेलिकम र विद्युत प्राधिकरणसहितको टोलीले सम्भाव्यता अध्ययन गरे पनि अहिलेसम्म कुनै ठोस योजना अघि नबढ्दा आधार शिविर पुग्ने पर्यटकहरू सञ्चारविहीन अवस्थाको समस्या झेल्न बाध्य भएका छन् ।

नेपाल टेलिकम,नेपाल विद्युत् प्राधिकरणका प्राविधिक,गाउँपालिका र स्थानीय पर्यटनकर्मीको सहभागितामा चार हजार ५० मिटर उचाईमा रहेको आधार शिविरमा सञ्चार र विद्युत सेवा पुर्‍याउनका लागि सर्वेक्षण गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको नेतृत्वमा नेपाल टेलिकम र विद्युत् प्राधिकरणका प्राविधिक तथा स्थानीय पर्यटनकर्मीहरूको टोलीले माघको पहिलो हप्ता आधार शिविरमा पुगेर सम्भाव्यताको अध्ययन सहित सर्वेक्षण गरेर फर्किएको थियो ।

नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको आधार शिविरमा विद्युत् र सञ्चार सुविधा पुर्‍याउनका लागि धेरै प्रयासपछि बल्ल सम्भाव्यता अध्ययन सहित सर्वेक्षण गरिएको थियो

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले भन्नुभयो, ‘‘नेपाल टेलिकम र विद्युत् प्राधिकरणबाट सम्भाव्यताको अध्ययन र सर्वेक्षण गरेपछि अहिले सम्म कुनै योजना आएको छैन । सर्वेक्षण गर्दा गाउँपालिकाको पचास हजार रुपियाँ खर्च पनि भएको छ । तर अहिले सम्म सम्बन्धीत निकायबाट कुनै ठोस योजना आएको छैन । चुनाव पछि सरकार परिवर्तनको असर पनि होला ।’’

spot_img

Related articles

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...

देश ‘हिट एन्ड मिस’ शैलीमा होइन, दूरदृष्टिसहित चल्नुपर्छ’ : राजेश हमाल

महानायक राजेश हमालले देशको शासन प्रणाली दूरदृष्टि, तथ्यमा आधारित निर्णय...
advertisementspot_imgspot_img