कर्णालीमा ‘गोठालो भत्ता’ कार्यक्रम,

सुर्खेत। कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ। यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ।

जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक ५०० रुपैयाँ दिने गरी ‘कृषक पेन्सन’ कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारेको छ। ‘गोठालो भत्ता’ कार्यक्रमअन्तर्गत किसानले मासिक एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। भत्ता पाउने गोठालोले भने पाँच भैँसी, ५० बाख्रा, पाँच चौँरी गाई, ५० भेडाको व्यावसायिक पालन गरेको हुनुपर्ने मापदण्ड राखिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए।

‘नेपाल कृषि प्रधान देश भनिए पनि पछिल्लो समयमा कृषि पेशासहित कृषकहरुलाई हेयका दृष्टिले हेर्न थालिएको छ,’ कृषिमन्त्री शाहीले भने, ‘कृषि क्षेत्र र यो पेशामा आबद्ध कृषकलाई प्रोत्साहित गरी कृषि पेशाप्रतिको आकर्षण र महत्व बढाउने उद्देश्यका साथ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ बाट सञ्चालन हुने गरी ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकता दिएको हो।’

उनले भने, ‘मन्त्रालयले प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, कृषि मन्त्रालयअन्तर्गत जिल्लामा रहेका कृषि कार्यालय र यस प्रदेशका कृषि विज्ञ, अध्येता र सरोकारवालाहरुको सुझावलाई आधार बनाएर नीतिगतरूपमा योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरेको छ । ती योजनालाई नै प्राथमिकता दिएर प्रभावकारी कार्यान्वयनमा जोड दिनेछौँ।’

त्यसैगरी प्रदेश सरकारले ‘एक पकेट क्षेत्र, एक प्राविधिक, ‘एक वडा, एक सिँचाइ पोखरी’ कार्यक्रम सञ्चालन गर्ने उनले बताए। मन्त्री शाहीका अनुसार कृषि क्षेत्रको दीगो विकास र समृद्धिका लागि बाली, बागवानी र पशु अनुसन्धान केन्द्रमा विशेष जोड दिइनेछ। पशु, तरकारी तथा फलफूल स्रोत केन्द्र, पुराना ब्लक कार्यक्रम, सहुलियत कर्जा, ब्याजमा अनुदान, लक्षित वर्ग कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

spot_img

Related articles

श्रीलंकालाई पराजित गरेसंगै नेपाल सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा...

काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो...

स्वस्तिमा खड्काको भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’को दुई सातामा पाँच करोड २५ लाख कमाइ…

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले...

मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको...
advertisementspot_imgspot_img