शिक्षक महासंघको प्रतिनिधित्व खारेज

शिक्षक महासंघ यथावत राखेर सरकारले विभिन्न ठाउँमा हुने महासंघको प्रतिनिधित्वलाई भने खारेज गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न सरकारले गत आईतबार जारी गरेको शिक्षा ऐनको संशोधन अध्यादेशमा राष्ट्रिय शिक्षा परिषद् र जिल्ला शिक्षा समितिमा शिक्षक महासंघको प्रतिनिधित्वको व्यवस्थालाई खारेज गरिएको हो ।

ऐनको दफा ७ को उपदफा २ को खण्ड झ र ञ भिकिएको छ । जहाँ राष्ट्रिय शिक्षा परिषद्को सदस्यमा महासंघको प्रतिनिधित्व हुने व्यवस्था गरिएको थियो । उक्त दफामा शिक्षा सम्बन्धि नीति निर्धारण गर्न सरकारलाई सल्लाह सुझाव दिनका लागि परिषद्को व्यवस्था गरिएको छ । शिक्षा मन्त्री वा राज्य मन्त्रीको अध्यक्षतमा हुने परिषद्मा महासंघको अध्यक्ष सदस्य हुने खण्ड ञ मा व्यवस्था थियो । सोही दफाको खण्ड झ मा नेपाल प्राध्यापक संघको सभापति सदस्य हुने व्यवस्था थियो । ऐनको संशोधनले यी दुबै सदस्य हटाईएको छ ।

यसैगरी जिल्ला शिक्षा समितिको सदस्यका रुपमा हुने शिक्षक महासंघका जिल्ला अध्यक्षको प्रतिनिधित्व पनि ऐनले खारेज गरेको छ । जिल्ला भित्रका विद्यालयको रेखदेख र व्यवस्थापन गर्ने कामका लागि जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षतामा शिक्षा समिति गठन गर्ने ऐनमा व्यवस्था छ ।

spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img