अध्यादेशमार्फत सरकारले गर्यो भूमि आयोग खारेज

सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत सरकारले भूमि आयोग खारेज गरेको हो ।

अध्यादेशबाट भूमि सम्बन्धी ऐनको दफा ५२ (क)को उपदफा (३) र ५२ (ख) को उपदफा (६) खारेज गरिएको छ । अध्यादेशबाट आयोगको सट्टा कार्यदल वा समिति गठन गर्न सकिने प्रावधान अघि सारिएको छ ।

सरकारले अध्यादेशबाट भूमि आयोग खारेज गरेसँगै ७७ वटै जिल्ला रहेका आयोगका नेतृत्वहरुको पद पनि स्वतः खारेज भएको छ ।

भूमि आयोग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सरकारले २०८१ सालमा गठन गरेको थियो । तर, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उक्त आयोग खारेज गरेको थियो । यद्यपि सर्वोच्चको परमादेशपछि आयोग खारेज गर्ने सरकारी निर्णय कार्यान्वयनमा रोक लगाइएको थियो ।

त्यसपछि सरकारले सर्वोच्चको आदेश पुनरावलोकन गर्न माग गर्दै रिट दायर गरेको थियो । हाल भने सरकारले उक्त मुद्दाको अन्तिम किनारा नलाग्दै अध्यादेशमार्फत आयोग नै खारेज गरेको छ ।

spot_img

Related articles

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...

देश ‘हिट एन्ड मिस’ शैलीमा होइन, दूरदृष्टिसहित चल्नुपर्छ’ : राजेश हमाल

महानायक राजेश हमालले देशको शासन प्रणाली दूरदृष्टि, तथ्यमा आधारित निर्णय...
advertisementspot_imgspot_img