विकासको नाममा गरिबीको व्यापार

मेरी डेशेन : यो लेख ०५३ सालमा अंग्रेजीमा लेखेकी हुँ । नेपाली इतिहास र समाजको अध्ययन भन्ने पत्रिकाको विकाससम्बन्धी विशेषाङ्कको चिनारीका रूपमा यो लेख लेखिएको हो । त्यस अङ्कमा परेका लेखहरू जलविद्युतको विकास, महिला विकास, आइएनजीओहरूद्वारा सामुदायिक विकासलाई अघि बढाउने काम, विदेशी सहयोगका असरहरू आदि कुरामा केन्द्रित थिए ।

प्रत्येक लेखले एक न एक प्रकारको बरबादीको कथा सुनाएको थियो, जहाँको पानी जफत गरेर बिजुली निकालिन्छ, त्यस भेगका जनताले बिजुली बाल्न पाउने कुरा त परै जाओस्, बरु उनीहरू झन्–झन् गरिब हुन्छन् । महिलासम्बन्धी समस्यालाई लिएर गरिने सोधखोजले खोजी गर्ने संस्थाको मात्र ‘सशक्तीकरण’ गर्छ र उनीहरूलाई नै धनी बनाउँछ । सामुदायिक विकासले समाजमा रहेका मुख्य असमानताहरूलाई हुँदै नछोइकन विष्ट–बराजुहरूको हैकमलाई झन् बलियो बनाउँछ ।

अनि करोडौँ करोडको विदेशी सहयोगको खोलोले खाली अर्काको मुख ताक्ने बनाइदिएको छ र अभिजात वर्गलाई झन्–झन् धनी बनाइदिएको छ । बितेका पाँच वर्षमा यस प्रकारका बरबादीहरू अझै थपिएका छन् ।

मैले यस लेखमा ‘विकासे’ कार्यकलापहरूबाट किन यस्ता बरबादी पैदा भएका हुन् भन्ने कुरा देखाउन खोजेकी छु । यस्ता नतिजाहरू स्वाभाविक हुन् भन्ने मेरो तर्क छ ।किन ? के नेपाल गरिब र पिछडिएको हुनाले विकासको नाममा त्यस्ता बरबादी भएका हुन् ? विकासेहरू कुरा यस्तै हो भनेर भन्छन्, तर वास्तविक कारण अर्कै छ । त्यो के हो भने अचेल चलनचल्तीमा ल्याइएको विकास एउटा त्यस्तो कारखाना हो, जसले आफ्नो फाइदाका लागि गरिबीको व्यापार गर्छ ।

यसले चुपचाप र शिथिल बनाउने नियतले उनीहरूका चित्तमा अलिकता आशा जन्माउन खोज्छ र, त्यो आशा झुटो पनि हुन्छ । यसले थिचोमिचो गर्ने व्यवस्थाभित्र सानातिना सुधार ल्याउन कोसिस गर्छ र आफूले राम्रो काम गरेको ठान्छ, तर यी सानातिना सुधारले थिचोमिचो गर्ने व्यवस्थालाई नै बलियो बनाउँछ । यसकारण आलोचकहरू यस्ता सुधारलाई ‘सुधारवादी’ काम भन्ने गर्छन् ।

अचेल चलनचल्तीमा रहेको विकास दुई अर्थमा पुँजीवादी व्यापार हो । पहिलो, यो त्यस्तो व्यापार हो, जसले गरिबीलाई बेचेर विकासे कारखानाका लागि नाफा कमाउँछ । दोस्रो, यतिखेर यो विश्व पुँजीवादी व्यवस्थालाई जोगाउने कारखाना हो । पुँजीवादले गरिबी र धन दुवै उत्पन्न गर्छ । यो पुँजीवादको एउटा गाँठी कुरो हो । किनभने धेरै मनिसहरूलाई निचोरेर थोरै मानिसका लागि सम्पत्ति थुपारेरमात्र यो चल्न सक्छ ।

spot_img

Related articles

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...
advertisementspot_imgspot_img