आधुनिक गीतसंगीतमा एक समय एकछत्र राज गर्न सफल गायक यतिबेला मोफसल टुरमा निस्कनु भएको छ । उहाँको साथमा नायीका बर्षा राउत, अभिनेता बिजय बराल, कमेडियन मेक्सम गौडेल सहित चलचित्र ‘मालतीमंगले’संग जोडिनु भएका प्रतिष्ठित व्यक्तित्वहरु देश दौडहमा हुनुहुन्छ । उहाँहरु चलचित्र ‘मालतीमंगले’को प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ ।
आधुनिक गीतसंगीतमा दोस्रो नारायण गोपालको उपमा पाउनु भएको ढकालले थुप्रै काल झै गीतहरु गाइसक्नु भएको छ । उहाँको ‘यात्रा रहेछ जिन्दगी…’, ‘बिहान उठ्ने बित्तिकै हिमाल देखन पाइयोस’, ‘ओराली लागेको…’, ‘हिरा काट्ने हिरैमा राखेर…’, ‘मन पराउने हजार भेटिन्छन्…’, ‘बाञ्चुनजेलीलाई…’ जस्ता थुप्रै गीतहरु लोकप्रिया छन् ।
ढकालको औपचारिक रूपमा २०४३ सालमा सांगीतिक करिअर सुरु भएको हो। उहाँले २०४५ सालमा पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत गाउनु भएको थियो ।
उहाँले आशीर्वाद (२०५०), आशीष (२०५३), आशा (२०५५), आरोह (२०५६), आग्रह (२०५८), आधार (२०५९), आश्रय (२०६१), आगमन (२०६३), मेरो साथी (२०६५) जस्ता गीति एल्बमहरु बजार ल्याउनु भएको छ । सन् २००१ तिर निर्माण भएको चलचित्र ‘आर्शिवाद’मा उहाँले गायक कै भुमिकामा अभिनय गर्नु भएको थियो ।
यति बेला रामकृष्ण ढकाल आफ्नो लगानीमा निर्माण भएको चलचित्र ‘मालती मंगले’को प्रचारप्रसारमा देशका बिभिन्न शहरहरुमा फिल्मका कलाकार सहित पुगिरहनु भएको छ ।


