गरिबका घर भत्काउनु कस्तो न्याय हो ?

नेपालमा सुकुमवासी, भूमिहीन र अनौपचारिक बस्तीको प्रश्न नयाँ होइन । नयाँ के हो भने, यो प्रश्नलाई राज्यले फेरि पनि पुरानै तरिकाले हेर्न थालेको संकेत देखिएको छ ।  पहिले डोजर, पछि बहस; पहिले हटाउने आदेश, पछि व्यवस्थापनको कुरा ।

प्रधानमन्त्री बालेन्द्र शाहले २०२६ अप्रिल २२ मा काठमाडौंबाट सुरु गरेर अनौपचारिक/सुकुमवासी बस्ती हटाउने तयारी गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको खबर बुधबार सञ्चारमध्यमहरूमा सार्वजनिक भए । बिहीबार बेलुकी काठमाडौंको त्यस्ता बस्तीहरूमा सुरक्षाकर्मीले शुक्रबार बेलुकीसम्म आफ्ना महत्वपूर्ण सरसामान अन्यत्र सार्न र स्थान खाली गर्न माइकिङ गरे ।

त्यसअघि बिहीबार र शुक्रबार जिल्ला सुरक्षा संयन्त्रमा पनि यस विषयमा छलफल गरे । यही विरोधमा कुनै समूह निस्किए तुरुन्तै कारबाही गर्ने चेनावी प्रशासनको छ ।

प्रश्न यहीँ छ: के राज्यको शक्ति भनेको सधैं कमजोरमाथि चलाउने हो ? सार्वजनिक जग्गा, नदीकिनारा वा सडक क्षेत्रको संरक्षण गर्नुपर्छ भन्नेमा विवाद छैन । शहरलाई कानूनविहीन अतिक्रमणमा छोड्न पनि मिल्दैन ।

spot_img

Related articles

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...

देश ‘हिट एन्ड मिस’ शैलीमा होइन, दूरदृष्टिसहित चल्नुपर्छ’ : राजेश हमाल

महानायक राजेश हमालले देशको शासन प्रणाली दूरदृष्टि, तथ्यमा आधारित निर्णय...
advertisementspot_imgspot_img