२०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

नेपाल २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा अफगानिस्तानसँगै समूह ‘ए’मा परेको छ।

जापानमा आयोजना हुने प्रतियोगिताको बिहीबार सम्पन्न ‘ड्र’ अनुसार यो समूहमा नेपाल र अफगानिस्तानसँगै आयोजक राष्ट्र पनि छ।

समूह ‘बी’ मा भने हङकङ, मलेसिया र ओमान छन्। भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान भने वरीयताका आधारमा सिधै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

प्रत्योक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्। त्यसपछि सिधै क्वार्टरफाइनलमा पुगेका टेस्ट राष्ट्र भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। नेपालका लागि अफगानिस्तान र घरेलु टोली जापानविरुद्धको समूह चरणको प्रदर्शन क्वार्टरफाइनल यात्रा तय गर्ने मुख्य आधार हुनेछ।

spot_img

Related articles

नेपाली चलचित्रको द्धन्द पितामह गोपाल भुटानी

इलामको फिक्कलमा बि.सं. १९८४ साल भाद्र १६ गते जन्मनु...

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...
advertisementspot_imgspot_img