२०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

नेपाल २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा अफगानिस्तानसँगै समूह ‘ए’मा परेको छ।

जापानमा आयोजना हुने प्रतियोगिताको बिहीबार सम्पन्न ‘ड्र’ अनुसार यो समूहमा नेपाल र अफगानिस्तानसँगै आयोजक राष्ट्र पनि छ।

समूह ‘बी’ मा भने हङकङ, मलेसिया र ओमान छन्। भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान भने वरीयताका आधारमा सिधै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

प्रत्योक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्। त्यसपछि सिधै क्वार्टरफाइनलमा पुगेका टेस्ट राष्ट्र भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। नेपालका लागि अफगानिस्तान र घरेलु टोली जापानविरुद्धको समूह चरणको प्रदर्शन क्वार्टरफाइनल यात्रा तय गर्ने मुख्य आधार हुनेछ।

spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img