होर्मुज क्षेत्रमा तनावबिच कूटनीतिक प्रयास जारी

इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले यदि इरानी ट्याङ्कर तथा व्यापारी जहाजलाई आक्रमण गरिएमा क्षेत्रीयरूपमा रहेका अमेरिकी लक्ष्यमा कडा प्रतिक्रिया दिन सकिने चेतावनी दिएको छ ।

इरानी सञ्चार माध्यमका अनुसार गाड्र्सले इरानी जहाज वा व्यापारिक ढुवानीमा कुनै प्रकारको आक्रमण भएमा त्यसको गम्भीर जवाफ दिइने स्पष्ट पारेका छन् । यो अभिव्यक्ति हालै ओमानको खाडीमा देखिएको तनावपछि आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले शान्ति प्रस्तावको पछिल्लो पहलमा छिट्टै प्रतिक्रिया दिने अपेक्षा व्यक्त गर्नुभएको छ । यद्यपि, इरानले अहिलेसम्म आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । इरानका विदेशमन्त्री अब्बास अराघचीले पछिल्ला घटनाक्रमले कूटनीतिक प्रक्रियामा केही चुनौती थपिएको बताउँदै सबै पक्षले संयमता र संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

यसैबिच, होर्मुज जलडमरूमध्य र खाडी क्षेत्रमा पछिल्ला दिनमा तनावपूर्ण अवस्था देखिएको छ । समुद्री मार्ग र ऊर्जा ढुवानी सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । खार्ग टापु नजिक तेल चुहावटको सङ्केत देखिएको विषयमा पनि सम्बन्धित निकायले निगरानी बढाएका छन्, यद्यपि यसको कारणबारे स्पष्ट जानकारी आइसकेको छैन । क्षेत्रीय शान्ति र स्थायित्वका लागि कूटनीतिक प्रयास जारी रहने अपेक्षा गरिएको छ । रासस/एएफपी 

spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img