‘हामीले जनतालाई आफ्नो एजेन्डा र कार्यदिशा नै बुझाउन सकेनौँ’

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी छाडेर रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए । सोही पार्टी लिएर उनी चुनावमा गए । उनको उम्मेदवारी सरकारले रद्द गरिदिए पनि उनी पार्टीलाई जिताउन खटिए । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग मिलेर एउटै चिह्नमा चुनावमा भाग लिए, तर यो गठबन्धनले एक सिट पनि जितेन ।

पार्टी किन कमजोर भयो ? निर्वाचनमा कहाँ चुक भयो ? लगायत विषयमा रातोपाटीले उनै चौधरीसँग कुराकानी गरेको छ ।

  • गत फागुन २१ गतेको चुनावमा थरुहट, मधेसलगायत शक्ति सखाप भए । तपाईंहरूबाट कहाँ चुक भयो ?

–यसमा मैले केही न केही मात्रामा दुवै पक्षको भुल भएको देख्छु । जनताको तीव्र आकांक्षा देश एकदम छिटो स्वर्ण युगमा परिवर्तन भइजाओस्, रातारात छुमन्तरजस्तै देश बनिहालोस् भन्ने तीव्र आकांक्षा देखिएको छ भने अर्कोतिर वर्षौँदेखि शासन गर्दै आएका पुराना शक्तिहरूले मुलुक परिवर्तनका लागि भूमिका नखेलेका र दिनप्रतिदिन आफ्ना शक्तिहरू विस्तारित गर्दै सम्पूर्ण क्षेत्रमा हस्तक्षेप गरेका कारण जनता चिढिएका थिए ।

जनता चिढिएको बेला, जनताले विकल्प खोजेको बेलामा एउटा नयाँ शक्ति, एउटा नयाँ अनुहारलाई जनताले रुचाए । त्यसमा केही कुराहरू जस्तै चुनावी एजेन्डा, विकासका नाराहरू दिए । यसभन्दा पहिले भएका चुनावमा यसलाई प्रधानमन्त्री बनाउने भनेर प्रचार गरिएको थिएन । यसपालि ‘अबकी बार बालेन सरकार’ को नारा जोडतोडले लाग्यो । त्यसले सम्पूर्ण मधेस र थरुहटलाई पनि तरंगित बनायो ।

  • तपाईंहरू किन शून्यमा झर्नुभयो त ?

– म त स्पष्ट भन्छु कि हामीसँग भएको एजेन्डा र मुद्दालाई जनतासमक्ष पुर्‍याउन सकेनौँ, बालेनको स्टाइलमा जनतालाई बुझाउनै सकेनौँ । म त पार्टीको संरक्षक मात्र थिएँ, तर हाम्रा निर्वाचित जनप्रतिनिधिहरूले पनि पार्टीको रणनीति र एजेन्डालाई जनतामाझ पुर्‍याउन सक्नुभएन । हाम्रो रणनीति र योजना यो हो, हाम्रो कार्यदिशा यो हो भनेर जनतालाई बुझाउनै सकेनौँ । जनताले पहिले हामीलाई विश्वास गरेकै थिए र अहिले पनि विश्वास गरेकै छन् । तराई मधेसका जनतामा एउटा निराशा छाएको थियो । जब राज्यले मेरो उम्मेदवारीलाई खारेज गर्‍यो अनि जनतालाई लाग्यो, अब रेशम चौधरी नै उम्मेदवार नभएपछि अरूलाई जिताउँदा के फरक पर्छ भन्दै थरुहटका जनताले नयाँ शक्तिलाई साथ दिएका हुन् । थरुहटबाट अधिकांश सांसद नागरिक उन्मुक्ति पार्टीका नेताहरू नै हुनुहुन्छ ।

spot_img

Related articles

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...
advertisementspot_imgspot_img