सुकुम्बासी हटे, अब बागमती र विष्णुमती कसरी ब्युँताउने

काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरा नदीहरू हाम्रो सभ्यता, संस्कार र सामूहिक चेतनाका जीवित प्रतीक हुन्। तर आज यी नदीहरू प्रदूषणले सखाप भएका छन्। सहरी शासनको कमजोरी, नीतिगत अस्पष्टता र सामाजिक असमानताको बोझले थिचिएर नदीहरूले ढलको स्वरुप लिएका छन्। यसैले, नदी सफा गर्ने प्रश्न अब प्राविधिक सीमाभन्दा बाहिर निस्केर राजनीतिक, आर्थिक र नैतिक बहसमा रूपान्तरित भएको छ।

त्यसैले अब नदी कसरी सफा गर्ने होइन, नदीलाई कसरी पुनर्जीवन दिने भन्नेमा बहस केन्द्रित गरिनु पर्दछ।

नदीलाई शासनको ऐनाका रुपमा पनि लिन सकिन्छ। किनकि जहाँ नदी बिग्रन्छ, त्यहाँ नीति, प्राथमिकता र उत्तरदायित्व पनि बिग्रिएको हुन्छ।

दशकौँदेखि अनियन्त्रित सहरीकरण, कमजोर नियमन र ढल व्यवस्थापनको अभावले बागमती र विष्णुमतीलाई क्रमशः प्रदूषित बनायो। तर यो प्राविधिक कमजोरी मात्र थिएन। यो राज्यको दीर्घकालीन दृष्टिकोणको अभाव र राजनीतिक उत्तरदायित्वको अभाव पनि थियो।

पूर्वयोजना नभएपछि विकास प्रतिक्रियात्मक बन्छ। आजका नदीहरू त्यसैको प्रतिबिम्ब हुन्। त्यसैले समस्याको समाधान खोज्न नदीमा होइन, नीति निर्माण र कार्यान्वयनमा पुग्नुपर्छ।
त्यसैले नदीको पुनर्जीवन हाम्रो राजनीतिक इच्छाशक्ति र संस्थागत परिपक्वताको परीक्षा हुनेछ।

spot_img

Related articles

नेपाली चलचित्रको द्धन्द पितामह गोपाल भुटानी

इलामको फिक्कलमा बि.सं. १९८४ साल भाद्र १६ गते जन्मनु...

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...
advertisementspot_imgspot_img