सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्न सांसदहरुको प्रतिवद्धता

सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्न सांसदहरुले प्रतिवद्धता जनाएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) ले शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहका सन्दर्भमा गरेको छलफलमा सहभागी सांसदहरुले उक्त प्रतिवद्धता जनाएका हुन् । शिक्षामा २० प्रतिशत लगानीको सुनिश्चितताः कसरी र जिम्मेवारी कस्को ? शिर्षकमा गरिएको उक्त छलफलमा विभिन्न दलका सांसदहरु सहित शिक्षाका क्षेत्रमा कृयाशील व्यक्तिहरुको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सार्वजनिक शिक्षा कमजोर हुनुको कारण १० प्रतिशत मात्रै बजेट विनियोजन भएर हो की सिकाइमा कमजोरी भएर हो ? भन्ने बारेमा छलफल केन्द्रित गर्नु पर्ने सुझाव दिईन् ।

‘लगानी एउटा पाटो हो तर सार्वजनिक शिक्षाको सुधारको कुरा गर्दा वहु दृष्टिकोणबाट हेर्नु जरुरी छ’ उनले प्रश्न गरिन् ‘मानौं शिक्षामा कूल बजेटको २० प्रतिशत हुँदा शत प्रतिशत सुधार हुन्छ भने अहिले १० प्रतिशत बजेट हुँदा ५० प्रतिशत सुधार छ त ?’

सामुदायिक शिक्षा क्षेत्रमा बढ्दो दलगत राजनीतिक प्रभावले पनि भएकै बजेटबाट निकाल्न सकिने नतिजा समेत निस्कन नसकेको उनको निष्कर्श छ ।

‘घुमिफिरी दलीय राजनीतिको कुरा आईहाल्छ’ उनले भनिन् ‘विद्यालयमा भईरहेको दलीय राजनीतिबाट विद्यालयहरुलाई मुक्त बनाएपछि बल्ल भएको बजेट के कतिले पुगेन थाहा हुन्छ ।’

spot_img

Related articles

श्रीलंकालाई पराजित गरेसंगै नेपाल सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा...

काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो...

स्वस्तिमा खड्काको भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’को दुई सातामा पाँच करोड २५ लाख कमाइ…

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले...

मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको...
advertisementspot_imgspot_img