विद्यार्थीको पठनपाठन नियमति राख्न स्थानीय तहलाई अनुरोध

सुकुम्वासी बस्ती हटाउँदा पठनपाठनमा अवरोध भोग्दै आएका विद्यार्थीको शैक्षिक कृयाकलाप नियमित राख्न शिक्षा मन्त्रालयले सबै स्थानीय तहलाई सहजीकरणका लागि अनुरोध गरेको छ । मन्त्रालय मातहतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सोमबार सबै स्थानीय तहलाई अनुरोध सहित गरेको छ बुँदे सर्कुलरमा बस्ती स्थानान्तरण गर्दा समस्यामा परेका विद्यार्थीको नियमति पठनपाठन र परीक्षा व्यवस्थापनमा सहजीकरण गर्न अनुरोध गरिएको छ ।

काठमाडौबाट शुरु भएको सुकुम्बासी बस्ति हटाउने अभियानका कारण विद्यार्थीलाई मर्का परेको छ ।

यस्ता बस्तीका विद्यार्थी विद्यालय पुहँच, नियमित उपस्थिति, शैक्षिक सामग्री, सुरक्षित वातावरण लगायतका आधारभूत सुविधाबाट वञ्चित हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै विद्यार्थीको पठनपाठ कार्य नियमित र प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न केन्द्रले भनेको छ । बस्ती हटाउँदा प्रभावित विद्यार्थीलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न आवश्यक समन्वय गरी सहज वातावरण सिर्जना गर्न केन्द्रले भनेको छ । यस्तै विद्यार्थी स्थानान्तरण, समायोजन तथा शिक्षण सिकाइको निरन्तरता सम्बन्धि कार्यको प्रगती विवरण पठाउन पनि केन्द्रले भनेको छ ।

परीक्षाकै मुखमा बस्ती हटाउँदा कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई धेरै मर्का परेको छ । सोमबार देखि शुरु भएको उक्त परीक्षाका परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म जान आउन आवश्यक यातायातको व्यवस्था गर्न पनि केन्द्रले अनुरोध गरेको छ । यस्ता बस्तीका विद्यार्थीलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न पनि केन्द्रले अनुरोध गरेको छ ।

spot_img

Related articles

श्रीलंकालाई पराजित गरेसंगै नेपाल सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा...

काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो...

स्वस्तिमा खड्काको भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’को दुई सातामा पाँच करोड २५ लाख कमाइ…

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले...

मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको...
advertisementspot_imgspot_img