‘लोकतन्त्रपछि सही बाटो निर्धारण गर्न हामी नै चुक्यौँ’

रामकुमारी झाक्री नेकपा एमालेको तर्फबाट हाल राष्ट्रिय सभा सदस्य छिन् । झाक्री २० वर्ष अघि लोकतन्त्र स्थापनाका लागि तत्कालीन शाही सरकारविरुद्ध सडक आन्दोलनमा उत्रनेमध्यकी एक सशक्त विद्यार्थी नेतृ थिइन् । २० बर्से लोकतान्त्रिक व्यवस्थामा नेतृ झाक्रीसँग रातोपाटीले सोधेको छ –कमजोरी कहाँ र कसले गर्‍यो त ? प्रस्तुत छ, उनीसँग लोकतन्त्र र अहिलेको अवस्थाबारे गरिएको छोटो कुराकानी-

  • तपाईंहरू लोकतन्त्रका लागि  लड्नुभयो, २० वर्षको लोकतान्त्रिक अभ्यास कस्तो पाउनुभयो ?

यो लोकतन्त्र २१ औँ शताब्दीको एउटा नयाँ खण्ड हो । नेपालमा प्रजातन्त्र त २००७ सालमै आएको थियो, जहाँ हाम्रा अग्रजहरूले जहानियाँ राणा शासनविरुद्ध लडाइँ गर्नुभयो ।

२०४६ सालमा प्रजातन्त्रको पुनः प्राप्ति भयो । तर, २०६२/६३ को क्रान्तिपछि हामीले नयाँ–नयाँ शब्दावली प्रयोग गर्न थाल्यौँ । समाजमा रहेका अपमानजनक कानुन र प्रणालीलाई त्यो क्रान्तिले फेरिदियो, त्यसैले यसलाई ‘लोकतन्त्र’ भनियो ।

यो लोकतन्त्रले भरियालाई ‘जनजाति’ पहिचान दियो, बालीघरेलाई ‘दलित’ पहिचानसहितको नागरिक बनायो । श्रमको मूल्य नहुनेलाई मूल्य दियो, महिलालाई ‘मान्छे’ को दर्जा दियो र आदिवासी जनजाति एवं सीमान्तकृतलाई राज्यको अंशियार बनायो ।

२००७ सालभन्दा अगाडिदेखि सुरु भएको सङ्घर्षको समुच्चय नै ६२/६३ को ऐतिहासिक जनक्रान्ति थियो । वामपन्थी राजनीतिमा हामीले यसलाई ‘पुँजीवादी क्रान्ति’ सम्पन्न भएको भनेर व्याख्या पनि गरेका थियौँ ।

  • क्रान्तिपछि हामी अर्थात् राजनीतिक नेतृत्वले लिएको बाटो सही थियो ?

क्रान्तिपछि दुई वटा बाटा थिए,यो सत्य हो । एउटा बाटो थियो–प्राप्त उपलब्धिबाट राष्ट्रिय पुँजी निर्माण गर्ने, उत्पादन र उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर हुँदै स्वाधीन अर्थतन्त्र निर्माण गरेर समाजवादतर्फ जाने ।

अर्को बाटो थियो– सबै कुरा बजारलाई छोडिदिने । बजार अर्थतन्त्रको थियो । हाम्रो संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ, तर गएको २० वर्षमा हामी त्यता गएनौँ । हामी आफै पनि दलाल पुँजीपति र बिचौलियाहरूको पक्षमा काम गर्दै गयौँ । अन्ततः बिचौलियाले राजनीति मात्र होइन, राज्यका सबै संयन्त्र र मुद्दाहरू नै ‘हाइज्याक’ गरे । यो सबै कमजोरी हाम्रै हो, किनकि क्रान्तिपछि सही बाटो निर्धारण गर्न हामी नै चुक्यौँ ।

spot_img

Related articles

श्रीलंकालाई पराजित गरेसंगै नेपाल सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा...

काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो...

स्वस्तिमा खड्काको भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’को दुई सातामा पाँच करोड २५ लाख कमाइ…

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले...

मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको...
advertisementspot_imgspot_img