‘लालीबजार’ विरूद्ध रिट हाल्ने डा. राेशनी वादी भन्छिन्- याे चलचित्र प्रदर्शन गर्नै हुन्न

शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’ को रिलिज २२ गतेसम्मलाई रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

डा. रोशनी नेपाली वादी लगायत वादी समुदायका केही अभियान्ताहरुले चलचित्रविरुद्ध रिट निवेदन हालेका थिए ।

‘लालीबजार’ले वादी समुदायलाई नैतिक, सामाजिक र व्यवहारिक रूपले गलत देखाएको उनीहरूको आरोप छ । रिट निवेदक रोशनीले भनिन्, ‘यो चलचित्रले वादी समुदायलाई नैतिक, सामाजिक र व्यवहारिक हिसाबले एकदमै गलत देखाएको छ । यो चलचित्र कतै पनि प्रदर्शन हुनुहुन्न । चलचित्रलाई रोक्नकै लागि हामीले अदालतको ढोका ढकढक्याएका हौँ ।’

उच्च अदालतले अगामी २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यतिन्जेलसम्म चलचित्र प्रदर्शन नगर्न आदेश गरिएको छ । ‘लालीबजार’को आज आयोजना गरिएको प्रिमियर शो निर्माण पक्षले क्यान्सिल गरेको छ ।

spot_img

Related articles

श्रीलंकालाई पराजित गरेसंगै नेपाल सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा...

काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो...

स्वस्तिमा खड्काको भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’को दुई सातामा पाँच करोड २५ लाख कमाइ…

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले...

मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको...
advertisementspot_imgspot_img