रैथाने माछा संरक्षणका लागि मन्त्रिपरिषदबाट अनुदान स्वीकृत

सरकारले मध्य त्रिशूली नदीमा पाइने लोपोन्मुख रैथाने माछा प्रजातिको संरक्षणका लागि अनुदान सहायता स्वीकार गरेको छ । वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले असला, कत्ले र सहर जातका रैथाने माछा संरक्षणका लागि अनुदान सहायता कार्यक्रम स्वीकृत गरेको हो ।

विश्व वातावरण सुविधा अन्तर्गतको Global Biodiversity Framework Fund (GBFF) मार्फत प्राप्त हुने करिब कुल १.४५ मिलियन अमेरिकी डलरमध्ये प्राविधिक सहायता खर्च कटौती पश्चात् बाँकी रहने करिब १.२७ मिलियन अमेरिकी डलर नेपाल सरकारको सङ्घीय सञ्चित कोषमार्फत प्राप्त हुनेछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख प्रजातिका माछाको संरक्षण र माछा मार्ने समुदायहरूको दिगो जीविकोपार्जन’ नामक परियोजनाका लागि सो रकम सरकारले स्वीकृत गरेको हो ।

सो कार्यक्रमअन्तर्गत मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख रैथाने माछा प्रजातिको संरक्षण, पुनः स्थापना तथा स्थानीय माछा मार्ने समुदायको दिगो जीविकोपार्जनमा सहयोग पुर्‍याइने लक्ष्य राखिएको छ ।

यो परियोजना नुवाकोट जिल्लाका आवश्यक स्थानीय तहहरूमा सञ्चालन गरिनेछ । परियोजनाको कार्यान्वयन अवधि सन् २०२६ देखि २०२९ सम्म अर्थात् तीन वर्षको रहनेछ ।

spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img