युक्रेन युद्धमा आत्मघाती रणनीति अपनाउने सैनिकको किमले गरे प्रशंसा

उत्तर कोरियाका नेता किम जोङ उनले रुसको पक्षमा युक्रेनविरुद्ध लड्दा पक्राउ पर्नुभन्दा आफूमाथि आत्मघाती हमला रोज्ने सैनिकहरूलाई नायकको संज्ञा दिएका छन् ।

सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार प्योङयाङमा आयोजित एक कार्यक्रममा किमले महान सम्मान जोगाउन बिना हिच्किचाहट आत्मबलिदान गर्ने सैनिकहरूको प्रशंसा गरेका हुन् । उनले यस्तो कार्यलाई सेनाको उच्चतम निष्ठाको रूपमा व्याख्या गरेका छन् ।

गुप्तचर एजेन्सीका अनुसार उत्तर कोरियाली सैनिकहरूलाई पक्राउ पर्नु भन्दा आत्महत्या गर्न निर्देशन दिइएको हुन्छ । उत्तर कोरियामा सैनिकहरू बन्दी हुनुलाई देशद्रोह मानिन्छ ।

spot_img

Related articles

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...
advertisementspot_imgspot_img