मेगा कलेजमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

वैशाख २७ गते । समकालीन वाणिज्यका मुद्दाहरूसँग सम्बन्धित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन जेठ १ र २ गते ललितपुरमा हुने भएको छ ।

नेपाल कमर्श एसोसिएसनसँगको सहकार्यमा मेगा कलेज कुमारीपाटी ललितपुरले दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा नवप्रवर्तन, दिगोपन र विश्वव्यापी प्रतिस्पर्धासँग जोडिएका विषयमा विज्ञहरूले प्रवचन  तथा प्रस्तुति दिने छन् ।

आयोजक मेगा कलेज कुमारीपाटीका प्राचार्य डा.घनश्यामप्रसाद साहका अनुसार सम्मेलनमा नेपाल र भारतसहित विभिन्न देशका प्राध्यापक, व्यवस्थापनविद्, नीति निर्माता तथा विद्यार्थीको सहभागिता रहने छ ।

मेगा कलेज कुमारीपाटीको अडिटोरियमक हलमा आयोजना हुने सम्मेलनमा तीव्र गतिमा परिवर्तन भइरहेको विश्व अर्थतन्त्र, प्रविधिको विकास, दिगो विकासको आवश्यकता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सन्दर्भमा व्यापार तथा व्यवस्थापन क्षेत्रले भोगिरहेका चुनौती र सम्भावनाबारे गहिरो विमर्श हुने डा.साहले बताउनुभयो ।

‘यो अन्तर्राष्ट्रिय सम्मेलन मुख्यतः उद्योग, व्यापार, वाणिज्यजस्ता क्षेत्रमा विश्वभर चलेको ट्रेन्डको अध्ययन गर्न, नेपालजस्तो देशले लिनुपर्ने नीतिको फ्रेमवर्क तयार पार्न तथा अनुसन्धानकर्ताहरूको ज्ञानका दृष्टिले निकै महत्त्वपूर्ण रहने छ । अर्थतन्त्रका विद्यार्थीदेखि विज्ञसम्मले यसबाट प्रत्यक्ष लाभ लिन सक्नुहुने छ’, साहले भन्नुभयो ।

spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img