प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रूकुम (पूर्वी भाग), पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादवसहित सात जनाविरुद्ध ११ लाख ६९ हजार ७६० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीसहित वडा नं. १२ का तत्कालीन वडाध्यक्ष गङ्गाबहादुर पुन, तत्कालीन इन्जिनियर खुबिराज शाही, सब–इन्जिनियर कमलप्रसाद केसी, तत्कालीन योजना शाखा प्रमुख (कम्प्युटर अपरेटर) चित्रबहादुर केसी, तत्कालीन कृषि प्राविधिक (नायब प्राविधिक सहायक) ओम प्रकाश ओली, तत्कालीन सह–लेखापाल नवराज खड्का, पुथा हिमालयन अर्गानिक कृषि प्रा.लि. र सोका अध्यक्ष सुजन पुनविरुद्ध मुद्दा दायर भएको छ ।

आयोगका अनुसार उनीहरूको मिलेमतोमा आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सङ्घीय सःशर्त अनुदानबाट बजेट सुनिश्चित भएको कागती पकेट विकास कार्यक्रम वडा नं. १२ स्थित छमारीमा सञ्चालन गर्न मिति २०७७ चैत २५ मा सम्झौता गरी कार्य गर्दा फिल्डमा नभएको नगरेको काम नापी किताबमा देखाइ वास्तविक रूपमा हुँदै नभएको काम भएको भनी बढी मूल्याङ्कन गरी सो रकम भुक्तानी लिई दिई सरकारी सम्पत्ति हिनामिना, हानि नोक्सानी एवम् दुरुपयोग गरे गराएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

spot_img

Related articles

नेपाली चलचित्रको द्धन्द पितामह गोपाल भुटानी

इलामको फिक्कलमा बि.सं. १९८४ साल भाद्र १६ गते जन्मनु...

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...
advertisementspot_imgspot_img