नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चारप्रणाली श्रीलङ्कामा

नेपालको प्रविधि कम्पनी टिङ टिङले श्रीलंकामा आफ्नो सेवा बिस्तार गरेको छ। यसक्रमा श्रीलंकामा इफेक्टिभ सोलुशनसँग व्यवसायिक सञ्चार प्रणालीका लागि एआईमा आधारित सेवा दिने सम्झौता गरिएको छ।

इफेक्टिभ सोलुशनले व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा अत्याधुनिक प्रविधिहरु प्रयोग गर्न चाहनेलाई सेवा प्रदान गर्दै आएको छ।

ट्रेस नामक श्रीलंकाको सार्वजनिक संस्थामा सूचिकृत रहेको यो कम्पनीले श्रीलंकामा नयाँ व्यवसाय, आविस्कार र उद्यम गर्न चाहनेहरुलाई सहयोग गर्छ।

टिङ टिङले श्रीलंकामा कार्यालय स्थापना गरेर त्यहाँका ग्राहकहरुलाई सेवा दिने योजना अगाडि बढाइसकेको छ। टिङ टिङले नेपालमा बैंक, बीमा प्रदायक संस्था, इन्टरनेट सेवा प्रदायक, सरकारी निकाय तथा विभिन्न सङ्घ–संस्थासँग सहकार्य गर्दै गएको छ।

spot_img

Related articles

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...
advertisementspot_imgspot_img