नेपालको शिक्षाले विश्व अनुभवबाट के सिक्ने ?

नेपालको शिक्षा प्रणाली महत्त्वपूर्ण दोबाटोमा उभिएको छ । विगत केही दशकमा हामीले उल्लेख्य प्रगति गरेका छौँ । विद्यालय पुगेका बालबालिकाको संख्या बढेको छ । माध्यमिक तहसम्मको पहुँच विस्तार भएको छ तथा शिक्षाको महत्वबारे सामाजिक चेतना पनि पहिलेभन्दा उच्च छ ।

तर यति मात्रले शिक्षा प्रणाली सफल भएको मान्न सकिँदैन । प्रश्न विद्यालयमा कति जना पुगे भन्ने होइन । प्रश्न के हो भने– विद्यार्थीले विद्यालयमा के सिकिरहेका छन् ? शिक्षा उनीहरूको जीवन, रोजगारी र भविष्यसँग कसरी जोडिएको छ ?

नेपालमा शिक्षा सुधारबारे धेरै काम भएको छ । नीति आयो, आयोग बने, योजना बनाइए, परियोजना चलाइए तथापि अपेक्षित परिणाम आउन सकेन । किन ? यसको उत्तर खोज्न नेपालले अब आफ्नै सीमाभित्र रहेर मात्रै होइन, विश्वका अनुभवबाट सिक्नुपर्छ । तर यहाँ ध्यान दिनु पर्ने महत्त्वपूर्ण विषय के हो भने कुनै पनि देशको नतिजा राम्रो देखियो भन्दैमा त्यसको एउटा कार्यक्रम नक्कल गरेर हाम्रो समस्या समाधान हने छैन ।

spot_img

Related articles

नेपाली चलचित्रको द्धन्द पितामह गोपाल भुटानी

इलामको फिक्कलमा बि.सं. १९८४ साल भाद्र १६ गते जन्मनु...

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...
advertisementspot_imgspot_img