तेल उत्पादक राष्ट्रहरूको सङ्गठनबाट बाहिरिने युएईको घोषणा

विश्व ऊर्जा राजनीतिमा नयाँ मोड ल्याउने निर्णय गर्दै संयुक्त अरब इमिरेट्स (युएई)ले तेल उत्पादक राष्ट्रहरूको सङ्गठन ओपेकबाट बाहिरिने घोषणा गरेको छ। युएईको यो घोषणाले क्षेत्रीय शक्ति सन्तुलन र तेल बजार दुवैमा असर पार्ने सङ्केत दिएको छ। लामो समयदेखि चर्चामा रहेको यो निर्णय मे १ देखि कार्यान्वयनमा आउने बताइएको छ ।

राज्यद्वारा सञ्चालित डब्लुएएम समाचार एजेन्सीमार्फत सार्वजनिक गरिएको घोषणामा युएईले आफ्नो दीर्घकालीन रणनीतिक र आर्थिक प्राथमिकताअनुसार यस्तो कदम चालिएको स्पष्ट पारेको छ। पछिल्लो समय घरेलु ऊर्जा उत्पादनमा तीव्र लगानी र बदलिँदो ऊर्जा प्रोफाइललाई मध्यनजर गर्दै आफूलाई विश्व ऊर्जा बजारमा अझ स्वतन्त्र र सक्रिय रूपमा प्रस्तुत गर्ने लक्ष्य यस निर्णयको केन्द्रमा रहेको जनाइएको छ ।

spot_img

Related articles

नेपाली चलचित्रको द्धन्द पितामह गोपाल भुटानी

इलामको फिक्कलमा बि.सं. १९८४ साल भाद्र १६ गते जन्मनु...

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...
advertisementspot_imgspot_img