तरकारी र फलफूलको मूल्य अस्वाभाविक वृद्धि

तरकारी र फलफूलको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटी तरकारी बजारमा आएको तरकारीको मूल्य विश्लेषण गर्दै सबैभन्दा बढी स्थानीय काउलीको मूल्यमा ३०५ प्रतिशतसम्म वृद्धि भएको तथ्य सार्वजनिक गरेको हो ।

सो अवधिमा घिउसिमी (हाइब्रिड) मा ३०० प्रतिशत, घिउसिमी (लोकल) मा २६६.६७ प्रतिशत र ब्रोकाउलीको मूल्यमा १८७.८७ प्रतिशतसम्मको वृद्धि देखिएको छ । तर निगुरो, चाम्रे च्याउ, तोफु र तामा जस्ता वस्तुको मूल्य भने स्थिर रहेको जनाएको छ ।

खाद्यवस्तुतर्फ चामल, अन्डा, केरा र खानेतेलको मूल्यमा वृद्धि भएको छ । विराटनगरमा ६० रुपियाँमा पाइने सोना मनसुली चामलको मूल्य काठमाडौँ उपत्यकामा ९५ रुपियाँमा किनबेच भएको विभागको मूल्य विश्लेषण प्रतिवेदनमा उल्लेख छ ।

यस्तै दाल र गेडागुडीको मूल्यमा भने फागुनको तुलनामा सामान्य उतारचढाव आए पनि औसतमा स्थिर जस्तै रहेको प्रतिवेदनमा उल्लेख छ । विभागका निर्देशक नरहरि तिवारीले सरकारको कदम र भाबी रणनीति बजारमा हुने कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारले बजार अनुगमनलाई थप सघन र प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

spot_img

Related articles

श्रीलंकालाई पराजित गरेसंगै नेपाल सेमिफाइनलमा

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा...

काभा महिला भलिबल: आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो...

स्वस्तिमा खड्काको भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’को दुई सातामा पाँच करोड २५ लाख कमाइ…

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले...

मन बिनाको धन दुईमा महेश त्रिपाठीको प्रवेश

प्रसिद्ध संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको...
advertisementspot_imgspot_img