तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

घोराही उपमहानगरपालिका–७ का किसान भीमकान्त चापागाईं बेमौसमी तरकारी खेतीगरी आर्थिक रुपमा सक्षम बन्नु भएको छ । उहाँले पाँच बिघा जमिनमा गोलभँडा र तरकारीखेती गरी मनग्य आम्दानी गर्दैआउनुभएको छ ।

यतिखेर चापागाईंको बारीमा गोलभेँडा लटरम्म फलेका छन् । जमिनमा फरकफरक प्लटमा छुट्टाछुट्टै खेती गर्नुभएको छ । त्यहाँ लटरम्म फलेका गोलभेँडा तथा तरकारी देख्दा त्यहाँ पुग्ने जोसुकै पनि लोभिन्छ । अनि दङ्ग हुनुहुन्छ किसान ६२ वर्षीय चापागाईं । पसिना र पौरखले लहलह छन् उहाँको बारीमा धेरै तरकारी । व्यावसायिक गोलभेँडा खेतीबाट अब्बल किसानका रुपमा चिनिन सफल हुनुहुन्छ चापागार्इं ।

चापागाईंको तरकारीखेती यो क्षेत्रकै एक नमुना बनेको छ । उहाँले ती प्लटमा झल्किने हरियाली र लटरम्म फलेका गोलभेँडा कतै पाकेका, केही पाक्ने तयारी र केही बतेला लागेका  छन् । त्यस्तै खुर्सानी, सिमी, बोडी, काँक्रालगायत तरकारी फलेका छन् । यही गोलभेँडाले चापागाईंँलाई एक सफल एवम् उत्कृष्ट किसानको परिचय दिएको छ । आफूलाई एक सफल कृषकका रुपमा स्थापित गर्न सफल धेरै मेहनत गर्नुभएको छ । कसानका लागि उहाँ एक सफलताको उदाहरण बन्न सफल हुनुभएको छ ।

spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img