छनोटको नयाँ कार्यविधि, आवेदन हाल्न शिक्षामन्त्रीको आह्वान

एक जनाले बढिमा दुई विश्वविद्यालयको उपकुलपतिमा आवेदन हाल्न सक्ने गरी शिक्षा मन्त्रालयले उपकुलपति छनोटको नयाँ कार्यविधि लागू गरेको छ । पदाधिकारी विहीन भएका विभिन्न आठ विश्वविद्यालयहरूको नेतृत्व चयनलाई लक्षित गरि बिहीबार जारी गरिएको कार्यविधिमा आवेदन दिएका मध्ये उच्चतम अँक प्राप्त गर्ने १० जनाको सर्ट लिष्ट सार्वजनिक गरिने उल्लेख छ ।  यी सर्टलिष्टमा परेकाहरुका सम्बन्धमा सार्वजनिक रुपमा राय सुझावका लागि आह्वान गरिने छ ।

सोचपत्र, रणनीतिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता पछि उपकुलपति छनोट गरिने कार्यविधिमा उल्लेख छ । सोचपत्र तथा कार्ययोजना एक भन्दा बढी विज्ञबाट मुल्याँकन गर्नु पर्ने छ । छनोटलाई थप पारदर्शी, योग्यतामा आधारित र निष्पक्ष बनाउन नयाँ कार्यविधि लागू गरिएको मन्त्रालयको दावी छ ।

यसैबिच शिक्षामन्त्री सस्मित पोखरेलले उपकुलपति नियुक्ति प्रक्रिया शुरु भएको जानकारी दिदैं छनोटका लागि विज्ञ समिति गठन गरी मूल्याङ्कन गरिने तथा खुला प्रतिस्पर्धा मार्फत छनोट प्रक्रिया अगाडि बढाइने दावी गरेका छन् ।

शुक्रबार दिउँसो, आफ्नै सामाजिक सञ्जाल मार्फत् भिडियो सार्वजनिक गर्दै मन्त्री पोखरेलले सर्टलिष्टमा परेका आवेदकहरूको नाम सार्वजनिक गरी विद्वत् समुदायबाट सुझाव समेत लिइने व्यवस्था गरिएको जनाएका छन् ।

‘सम्भवतः नेपालको ईतिहासमै पहिलो पटक हामीले नेपालका सम्पूर्ण विश्वविद्यालयको पदपूर्ती एकैपटक शुरु गरेका छौं । यो नेपालको शिक्षा क्षेत्र सुधार गर्ने महाअभियानका रुपमा पनि हामीले लिन सक्छौं’ भिडियो सार्वजनिक गर्दै मन्त्री पोखरेलले भनेका छन्  ‘यो ईतिहासमा शैक्षिक क्षेत्र सुधार गर्ने मौका हो । यसलाई एउटा पदपूर्ती गर्ने प्रकृया भन्दा पनि शिक्षा क्षेत्र सुधार गर्नको लागि खेल्ने भूमिकाको रुपमा लिन आग्रह गर्दछु ।’

spot_img

Related articles

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...

देश ‘हिट एन्ड मिस’ शैलीमा होइन, दूरदृष्टिसहित चल्नुपर्छ’ : राजेश हमाल

महानायक राजेश हमालले देशको शासन प्रणाली दूरदृष्टि, तथ्यमा आधारित निर्णय...
advertisementspot_imgspot_img