‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

नेपालमा जनसंख्यामा वृद्धि दर र प्रजनन् दरमा कमी भएकोले अब चाँडै जनसंख्या ऋणात्मक हुन्छ भनी गरिएको प्रचार मिथ्या भएको जानकारी गराइएको छ ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र एम्प्लीफाइ चेञ्जले आयोजना गरेको परिवार योजना विषयक छलफल कार्यक्रममा आयोजना गरेको थियो । सोही कार्यक्रममा सरोकारबालाहरूले गर्भ निरोधक साधनहरूको प्रयोगमा वृध्दि भएर नभई बसाइँ सराइको कारण र दम्पतीहरू छुटिएर बस्न बाध्य भएकाले यस्तो अवस्था आएको तथ्य प्रस्तुत गरिएको हो ।

हाल ३४ प्रतिशत विवाहित महिलाका श्रीमान् देश बाहिर रहेकाले पनि यस्तो अवस्था देखिनुमा भूमिका खेलेको जानकारी गराइएको थियो । ढिलो विवाह, पढाइ र आर्थिक उपार्जनका लागि बच्चा पाउन ढिलो वा एउटा मात्र पाउने आदि कारणले समेत यस्तो भएको बताइएको छ ।

अधिवक्ता नवीकुमार श्रेष्ठले ‘परिवार योजनाको आवश्यकता अझ बढी प्राथमिकता’ विषयक पैरवी पत्र प्रस्तुत गरेका थिए ।

spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img