‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

नेपालमा जनसंख्यामा वृद्धि दर र प्रजनन् दरमा कमी भएकोले अब चाँडै जनसंख्या ऋणात्मक हुन्छ भनी गरिएको प्रचार मिथ्या भएको जानकारी गराइएको छ ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र एम्प्लीफाइ चेञ्जले आयोजना गरेको परिवार योजना विषयक छलफल कार्यक्रममा आयोजना गरेको थियो । सोही कार्यक्रममा सरोकारबालाहरूले गर्भ निरोधक साधनहरूको प्रयोगमा वृध्दि भएर नभई बसाइँ सराइको कारण र दम्पतीहरू छुटिएर बस्न बाध्य भएकाले यस्तो अवस्था आएको तथ्य प्रस्तुत गरिएको हो ।

हाल ३४ प्रतिशत विवाहित महिलाका श्रीमान् देश बाहिर रहेकाले पनि यस्तो अवस्था देखिनुमा भूमिका खेलेको जानकारी गराइएको थियो । ढिलो विवाह, पढाइ र आर्थिक उपार्जनका लागि बच्चा पाउन ढिलो वा एउटा मात्र पाउने आदि कारणले समेत यस्तो भएको बताइएको छ ।

अधिवक्ता नवीकुमार श्रेष्ठले ‘परिवार योजनाको आवश्यकता अझ बढी प्राथमिकता’ विषयक पैरवी पत्र प्रस्तुत गरेका थिए ।

spot_img

Related articles

नेपाली चलचित्रको द्धन्द पितामह गोपाल भुटानी

इलामको फिक्कलमा बि.सं. १९८४ साल भाद्र १६ गते जन्मनु...

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...
advertisementspot_imgspot_img