कुखुरामा प्रयोग हुने औषधिले मानिसको ज्यानै लिन्छ ?

मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीको चुरे गाउँपालिका–३ का ५ वर्षीय दीपक ताम्राकार र उनका ८ वर्षीय दाजु भीमको उपचारका क्रममा शनिबार निधन भयो । सोही मासु खाएका कारण उनीहरूका २८ वर्षीया आमा राधिका ताम्राकार र तीन वर्षीय भाइ दिपेश ताम्राकार पनि गम्भीर बिरामी परेका छन्, उनीहरूको उपचार सेती प्रादेशिक अस्पतालमा चलिरहेको छ ।

यो घटना पहिलो भने होइन, यसअघि पनि मरेको कुखुराको मासु खाँदा मानिसको ज्यान गएका घटना पटक–पटक भएका छन् । २०८१ मंसिरमा अछामको कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको पनि यस्तै घटनामा मृत्यु भएको थियो । त्यसैगरी, २०७६ सालमा बैतडीको पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्पा पार्कीको मृत्यु भएको थियो भने सोही घटनामा एकै परिवारका अन्य ९ जना बिरामी परेका थिए ।

यस्ता घटना पटक–पटक भए पनि सरकार गम्भीर नदेखिएको गुनासो गुनासो छ, जसका कारण घटना बढिरहेका छन् ।

 

spot_img

Related articles

नेपाली चलचित्रको द्धन्द पितामह गोपाल भुटानी

इलामको फिक्कलमा बि.सं. १९८४ साल भाद्र १६ गते जन्मनु...

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई सरकारको राहत प्याकेज

सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका...

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले...

दयाहाङ, खगेन्द्र, केकी र मिरुना भोटेकोसी बाढीबाट संयोगले बाँचे

रसुवा भोटेकोसी बाढीबाट चलचित्र ‘डबल ट्रिपल’को टिम संयोगले जोगिएको...
advertisementspot_imgspot_img