एनटीसीमा अब डाटा प्याकेज सकिएपछि पनि काटिने छैन पैसा, कसरी लिने सुविधा ?

लामो समयदेखि उपभोक्ताहरुले झेल्दै आएको डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने झन्झटिलो समस्यालाई समाधान भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका प्रयोगकर्ताहरुका लागि डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने झन्झटिलो समस्यालाई समाधान भएको भनेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन, ‘अबदेखि ग्राहकहरुले आफ्नो मोबाइलको मुख्य मौज्दात (मेन ब्यालेन्स) सुरक्षित राख्नका लागि आफैँले ‘पे एज यू गो’ सेवा बन्द गर्न सक्ने व्यवस्था मिलाइएको छ ।’

नेपाल टेलिकमका ग्राहकहरुले डाटा प्याकेजको सीमा सकिएको पत्तै नपाई मोबाइलमा रहेको व्यालेन्स सकिने समस्या थियो । ग्रहाकले प्याक सकिएपछि व्यालेन्स कटिदा आर्थिक भार खेप्दै आएका थिए । झुक्किएर डाटा अन हुँदा वा प्याकेज सकिएको सूचना ढिलो प्राप्त हुँदा उपभोक्ताको व्यालेन्स काटिने गरेको थियो ।

यो गुनासोलाई लिएर मन्त्री डा. तिमिल्सिनाले मन्त्रालय र टेलिकम प्रशासनलाई उपभोक्तामैत्री संयन्त्र बनाउन निर्देशन दिएका हुन् । सोही बमोजिम अब ग्राहकले आफ्नो नियन्त्रणमा रहने गरी यो नयाँ सुविधा लिन सक्ने छन् ।

यो नयाँ सुविधा लिनको लागि ग्राहकले आफ्नो मोबाइलबाट *४४४# डायल गरी उपलब्ध विकल्पहरू मध्ये चौथो नम्बरमा रहेको विकल्प छनौट गरेर उक्त सेवालाई अक्षम गर्न सक्नेछन् । यो प्रक्रिया पूरा गरेपछि ग्राहकको डाटा प्याकेज सकियो भने इन्टरनेट स्वतः चल्न बन्द हुनेछ ।

spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img