अवैध आईबीलाई वैध बनाउन शिक्षा ऐनमा संशोधन

केही निजी विद्यालयले अवैध तरिकाले सञ्चालन गरिरहेका विदेशी पाठ्यक्रम इण्टरनेशनल ब्याकलरियट (आईबी) लाई वैध बनाउन सरकारले कानून संशोधन गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न सरकारले गत आईतबार जारी गरेको अध्यादेशमा अवैध रुपमा सञ्चालित त्यस्ता विदेशी पाठ्यक्रमलाई बैधानिकता दिने प्रवन्ध राखिएको हो । अध्यादेश मार्फत् शिक्षा ऐन २०२८ को प्रस्तावना, परिभाषा  र  अन्तिम बुँदामा संशोधन गरेर त्यस्ता कार्यक्रमलाई वैधानिकता दिने बाटो खोलिएको छ ।

बालेन्द्र सरकारले राष्ट्रपति मार्फत जारी गराएको अध्यादेशको पहिलो बुँदामा भनिएको छ – ‘१) प्रस्तावनामा रहेको  “विद्यालयको” भन्ने शब्दको सट्टा “विद्यालय र शैक्षिक संस्थाको” भन्ने शब्दहरू राखिएका छन् ।’

त्यस्तै, ऐनको परिभाषा खण्डमा ‘ट’ पछि थपिएको नयाँ दफा ‘ट१’ मा भनिएको छ – ‘शैक्षिक कार्यक्रम भन्नाले शैक्षिक परामर्श सेवा, विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विदेशी शैक्षिक कार्यक्रम वा शिक्षण कोर्ष सञ्चालन गर्ने शैक्षिक कार्यक्रम सम्झनु पर्छ ।’

त्यसैगरी  अध्यादेशले ऐनको नियम बनाउने अधिकार उल्लेख भएको दफा १९ को उपदफा २ मा एउटा खण्ड थपेर ‘विदेशी शैक्षिक कार्यक्रम वा शिक्षण कोर्ष सञ्चालन सम्बन्धी’ प्रावधान राखेको छ । यसको अर्थ हो : सरकारले अब ऐन कार्यान्वयन गर्न विदेशी शैक्षिक कार्यक्रमका बारे अनुमति दिने देखि नियमन गर्ने सम्मका बिस्तृत कुराहरू शिक्षा नियमावलीमा समावेश गर्न पाउनेछ । विदेशमा विद्यार्थी पठाउँदै आएका कन्सल्टेन्सिहरुको व्यवस्थापनको प्रावधान ऐनमा नभए पनि नियमावलीकै आधारमा निर्देशिकाबाट नियमन गरिदैं आएको छ ।

spot_img

Related articles

नेपाली MMA फाइटर रवीन्द्र ढाँट Road To UFC Season 5 को फाइनलमा

चीनको साङ्घाईस्थित अक्टागनमा रवीन्द्रले शुक्रबार भएको Road To UFC...

५०० करोडमा बनेको साउथ इण्डियन फिल्म Toxic फ्लवको मार्गतिर

प्रदर्शन अगाडी निक्कै हाइप बनाएको रकिङ स्टार 'यश' को...

आँसुको मूल्य र संघर्षको कथा

…आमाको आँसुले नपोल्ने कोही हुँदैन, मलाई पनि पोल्यो, पोलिरह्यो...

ह्वील चियरमा अडिएको बोहराको जीवन

गैरी (नवलपुर)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका १३ गैरीका...
advertisementspot_imgspot_img